प्रतिनिधिसभाको बैठक बस्दै 

प्रतिनिधिसभाको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने गरी बोलाइको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज तथ्यांक विधेयक दफावार छलफल सदनमा प्रस्तुत हुनेछ भने आज नै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ। 

शपथ सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ। 

त्यसै गरी  शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

मुख्य समाचार