मकवानपुरगढीका दाहाल मकवानपुर क्षेत्र नं १ बाट मालेको उमेदवार सिफारिस


२६ साउन,मक्रान्चुली- नेकपा माले मकवानपुरले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्बाचनको लागि क्षेत्र नं १ मा मकवानपुरगढीका कृष्ण प्रसाद दाहाललाई उमेदवार सिफारिस गरेको छ । माले मकवानपुरको आज (बिहीबार) बसेको बैठकले क्षेत्र नं १ मा पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज समेत रहेका दाहाल सहित अरु दुईजनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

आज बसेको नेकपा मालेको जिल्ला कमिटि बैठकले २ वटा निर्बाचन क्षेत्रबाट ६ जनाको नाम सिफरिस गरेको मालेका जील्ला अध्यक्ष कुमार बहादुर संजेलले जानकारी दिनु भएको छ ।

नेकपा मालेले मकवानपुर क्षेत्र नम्बर १ बाट कृष्ण प्रसाद दाहाल, कुमार बहादुर संजेल र अम्बीका लामिछानेको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट तीर्थराज सुबेदी,उद्धब अधिकारी र सबिना बिश्वकर्माको नाम सिफारिस गरेको छ ।

पार्टीले अब चुनाव केन्द्रीत कार्यक्रम लिएर जनताको घर घरमा पुग्ने दाहालले बताउनुभयो । पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनु भएका दाहाललाई जिल्ला कमिटीले खादा र अबिर लगाएर सम्मान समेत गरेको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति