नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखाले मंगलबार देखि एक हप्तासम्म अभिकर्ता मेलाको आयोजना गर्ने


६ भाद्र,हेटौंडा– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखाले हेटौंडामा अभिकर्ता मेलाको आयोजना गर्ने भएको छ । भोलि भाद्र ७ गते मंगलबार देखि एक हप्तासम्म मेलाको आयोजना गरिएको छ ।

जीवन बिमाको महत्वबारे जानकारीका साथै व्यक्तित्व विकास तथा बोल्ने कलाको सीप सिकाउने उद्देश्यले मेलाको आयोजना गरिएको शाखा प्रमुख शर्मिला बलामीले बताउनुभयो ।

हेटौंडाको पारिजातपथमा रहेको आफ्नै कार्यालयमा आयोजना गरिएको अभिकर्ता मेलामा बिमाको महत्त्वका बारेमा जान्न चाहने जोकोहीले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । दैनिक ४० जनालाई सहभागी गराई ३ घण्टासम्म तोकिएको विषयमा ज्ञान प्रदान गर्न लागिएको हेटौंडा शाखा प्रबन्धक बलामीले जानकारी दिनु भएको छ ।


एसएलसीभन्दा माथिका शैक्षिक योग्यता भएका जोकोहीले मेलामा सहभागी भइ बिमा सम्बन्धि आवश्यक ज्ञान लिन सकिने र सहभागीहरुलाई प्रमाणपत्रका साथ खाजा खर्चको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । मेलामा सहभागी भएपश्चात अभिकर्ता बन्न इच्छुकहरुलाई थप तालिमको व्यवस्था गर्ने पनि शाखा प्रबन्धक बलामीले बताउनुभयो ।

सात दिनसम्म चल्ने मेलामा एक व्यक्ति एक दिन सहभागी हुन पाउनेछन् । मेलामा दैनिक ४० जनाका दरले दुइ सय ८० जनालाई सहभागी गराउने लक्ष्य राखिएको छ ।

मुख्य समाचार रोचक समाचार