बन्दको आंशिक प्रभाव, काठमाडौंबाट सात जना पक्राउ

विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ। 

विभिन्न माग राख्दै आज नेपाल बन्दको घोषणा गरिएको छ। केही ठाउँमा शंकास्पद वस्तुहरु भेटिएका छन् भने केही ठाउँहरुमा सवारी साधनमा आगजनी भएका छन्। 

काठमाडौं उपत्यकामा गाडीहरू निकै कम चलेका छन्। काठमाडौं र ललितपुरबाट शंकास्पद रुपमा हिडिरहेका ७ जना कार्यकर्ता पक्राउ परेका छन्। ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट र ललितपुरबाट एक जनालाई नियन्त्रणबाट नियन्त्रणमा  लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए।

कोटेश्वरमा एक सार्वजनिक गाडीमा तोडफोड भएको छ। यस्तै थापागाउँमा नेपाल यातायातमा पनि बन्दकर्ताले तोडफोड गरेका छन्। दुवै गाडीका सिसा फुटेको महानगरीय प्रहरी  परिसरका काठमाडौंले जनाएको छ।

यस्तै कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन्। कैलालिका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरका अनुसार गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलस्थित ६ लेन सडकखण्ड र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको छ।

शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली आउँदै गरेको उहाँले बताउनुभयो । प्रहरी प्रमुख राठौरका अनुसार कपडामा बेरेको अवस्थामा राखिएको शंकास्पद बस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ। 

मुख्य समाचार राजनीति