बालेनविरूद्व फुटपाथ व्यापारीले गरे महानगरमा प्रदर्शन

काठमाडौं :  फुटपाथ व्यापारीहरूको महानगर कार्यालय अघि प्रदर्शन  भएको छ।

फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग सहित आज काठमाडौं महानगरपालिकाको कार्यालय अघि मेयर बालेनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितीको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालिमाटी मा भेला भइ नारा र्‍पालीसहित आएका उनीहरूले महानगरपालिकाको कार्यालय परिसरमा  पुगेका थिए।

‘महानगर प्रहरीले लगेको आफ्नो सामान बिना सर्त फिर्ता गर्न पर्ने, आफूहरूले निर्धक्क सडक व्यापार गर्न पाउनु पर्ने’ जस्ता माग राखेका छन्। उनीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन्।

मुख्य समाचार राजनीति