बागमती प्रदेशको भौतिक मन्त्रालयलाई वन क्षेत्रमा सडक विस्तार र साना योजनाले चुनौती 

हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयहरुलाई वन क्षेत्रमा सडक विस्तार र स–साना आयोजनाले चुनौती दिएको छ । सडक निर्माणको धेरै काम वन क्षेत्रभित्र पर्ने र डिभिजन वन कार्यालयहरुले रोक्ने भएका कारण पनि थप समस्या हुने गरेको हो ।

प्रदेशका अधिकांस साना र ठुला सडकहरु वन क्षेत्रमा कुनैन कुनै रुपमा पर्ने र काम अगाडि वढाउनका लागि समस्या हुने गरेको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर नविन कुमार सिंहले बताउनुभयो । यसैगरी मन्त्रालय मातहतका कार्यालयहरुले स–साना टुक्रे योजनाहरु हुँदा थप समस्या भएको उहाँले बताउनुभयो । कार्यालयहरुमा प्राबिधिक कर्मचारीको पनि समस्या भइरहेको समयमा साना टुक्रे योजनाहरुले थप समस्या भएको कार्यालयका प्मुखहरु बताउँछन् ।

मन्त्रालय मातहत निकायहरुबाट योजना कार्यान्वयनमा देखिएका समस्याहरु अरु पनि धेरै रहेका छन् । तयारी नभएका आयोजनाहरुमा बजेट विनियोजन भएका कारण पनि समस्या भएको छ । जनशक्तिको अभावले सबैजसो कार्यालयमा समस्या सृजना भएको मन्त्रालयका प्रवक्ता समेत रहनु भएका सिंहले बताउनुभयो ।

स्थानीय निर्माण सामाग्रीको उपलब्धता पर्याप्तता नभएको कारण पनि बिकास निर्माणका कामहरु गर्नका लागि थप चुनौती भएको छ । निर्माण सामाग्री तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, निर्माणस्थलमा जग्गा विवाद, ढिलो गरि अख्तियारी कार्यक्रम प्राप्त, उपभोक्ता समिति गठनमा समस्या, वित्तीय हस्तान्तरणतर्फका योजनाहरुमा बजेट अपुग लगायतका समस्या रहेको उहाँले बताउनुभयो ।

मुख्य समाचार राजनीति