प्रतिनिधिसभाको सिट १६५, गठबन्धन दलको दाबी २३४

 पाँचदलीय गठबन्धन दलले चुनावी तालमेलका लागि आ–आफ्नो दाबी पेश गरेका छन् । गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरूको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेका छन्।

जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र निर्वाचन क्षेत्रबारे पनि छलफल भएको छ। शुक्रबार अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा यस बारेमा विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गरिनेछ ।

यसअघि आज बिहान बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकले सिट बाँडफाँटका सम्बन्धमा १६५ वटै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो। 

मुख्य समाचार राजनीति