प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची

 प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ।

कार्यव्यवस्था परामर्श समितिमा मनोनयन तथा हेरफेर गर्ने आइतबारको बैठकको सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गर्नेछन् । 

यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची पनि छ।

मुख्य समाचार राजनीति