जसपा अध्यक्ष यादव पर्सा ४ बाट सिफारिस

वीरगञ्ज : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव क्षेत्र नं‍. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।

जसपा पर्सा सचिव तबरेज अध्यक्ष यादवलाई एकलरूपमा सिफारिस गरेको जानकारी दिए। 

यस्तै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा क्षेत्र नं. १ को (ख) बाट  प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरिएको  छ। 

आलमले  जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको जानकारी दिए।

मुख्य समाचार राजनीति