मकवानपुरगढीका पत्रकार बलराम पुडासैनी राष्ट्रिय दैनिक पत्रिका अन्नपूर्ण पोष्टमा आवद्ध

१९ भाद्र,मक्रान्चुली- मकवानपुरगढी स्थायी घर भएका पत्रकार बलराम पुडासैनी राष्ट्रिय दैनिक पत्रिका अन्नपूर्ण पोष्टमा आवद्ध भएका छन् । पुडासैनीले सो पत्रिकाको मकवानपुर सम्वाददाताको जिम्मेवारी पाएको बताएका छन् ।

एक दशक देखि निरन्तर पत्रकारिताको यात्रामा रहेका पुडासैनी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्यसमिति सदस्य समेत रहेका छन् ।

मुख्य समाचार समाचार समाज