प्रतिनिधिसभा निर्वाचनको लागि माओवादी मकवानपुरले गर्यो उमेदवारहरुको सिफारिस

२० भाद्र,मकवानपुर- मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेद्वारहरु चयनको लागि प्रदेश कमिटिलाई सिफारिश गर्ने निर्णय गरेकोछ ।

मंगलबार जिल्ला पार्टी कार्यालय हेटौडामा मंगलबार बसेको बैठकले मकवानपुरको संघीय निर्वाचन क्षेत्र नं. १ को लागि प्रत्यक्ष तर्फ संबिधानसभा सदस्य प्रल्हाद लामिछाने, जीवन गोले र बसन्त लामालाई सिफारिश गरेकोछ ।

त्यस्तै क्षेत्र नं. २ को लागि पार्टीका पोलिटब्युरो सदस्य कुमारी मोक्तान र पुर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई सिफारिश गरेको छ ।

प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वारहरु चयनको लागि छलफल भैरहेको जिल्ला समन्वय समितिका सचिब भिम पाख्रीनले बताउनुभयो ।

बागमती प्रदेश मुख्य समाचार राजनीति