भारतीय सेनाध्यक्ष पाण्डेले आज प्रधानमन्त्री देउवासँग भेट्दै

पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने भएका छन्।

उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ। त्यस्तै आज साँझ उनी  पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ।

मुख्य समाचार राजनीति