कांग्रेस ८०, माओवादी ६० सिटमा सहमति हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा सिट बाँडफाँटको टुंगो लाग्ने बताएका छन्। 

सुदूरपश्चिम प्रदेशमा पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कार्यदलले आज साँझसम्म प्रतिवेदन बुझाउने र भोलि शीर्ष नेताको तहबाट अन्तिम रूप दिइसिट, क्षेत्र र प्रदेश एकैसाथ टुङ्ग्याउने गरी सबै पार्टीका प्रतिनिधिहरू लागि परेको बताए। दलहरूमा आ-आफ्नो दाबी भए पनि सहमती नजिक पुगेको उल्लेख गरे। 

सिट, क्षेत्र र प्रदेश एकैसाथ टुङ्ग्याउने गरी सबै पार्टीका प्रतिनिधिहरू लागि परेको बताए। दलहरूमा आ-आफ्नो दाबी भए पनि सहमती नजिक पुगेको उल्लेख गरे। 

मुख्य समाचार राजनीति