वाल दिवसको अवसरमा वागमती प्रदेश प्रमुखको शुभकामना 

हेटौंडा। राष्ट्रिय वाल दिवको अवसरमा वागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले शुभकामना दिएका छन्।
प्रदेश प्रमुख शर्माले  “बालमैत्री समाजको आधार:जिम्मेवार परिवार,उत्तरदायी सरकार” भन्नै नारा सहित आज मनाउन लागेको ५८ औ राष्ट्रिय वाल दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका हुन्। 
प्रदेश प्रमुख शर्माले बुधबार बिहान जारी शुभकामना सन्देशमा बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष सबै लागै भन्दै शुभकामना दिएका हुन् ।सरकारले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय वाल दिवस मनाउदै आएको छ।

मुख्य समाचार राजनीति समाचार