हेटौंडामा मनाईयो थारुहरुको पर्व ‘जितिया पावैन’



४ असोज,मकवानपुर – हेटौडामा बसोवास गर्ने थारु समुदायले हिजो विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरि हर्षोल्लासका साथ जितिया पावैन २०७९ मनाएका छन् ।

थारु महिला सभा मकवानपुरका सभापति द्रोपति चौधरीको सभाध्यक्षता तथा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष जंग बहादुर गुरुङ्ग र नेपाल आदिवासी जनजाती पत्रकार संघ मकवाापुरका अध्यक्ष अशोक सुजन श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा थारु कल्याणकारिणी सभाका अध्यक्ष हरिलाल चोधरी, उपसभापति अमिता चौधरी, सचिव चन्द्रकान्त चौधरी, थारु युवा सभा मकवानपुरका सभापति परमानन्द चौधरी, थारु विद्यार्थी सभा मकवाापुरका सभापति राजेश प्रसाद चौधरी, हेटौडा अस्पतालका डा. सुष्मा हुजदार, थारु बुद्विजिवी, समाजसेवी एवम् पत्रकार सरिता दाहाल र सम्झना घिमिरेको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एस डान्स सेन्टरको तर्फबाट सांस्कृतिक नृत्यहरु र स्थानीय कलाकारहरुको समेत सांस्कृतिक धमाकेदार प्रस्तुती रहेको थियो ।

यस पटक खरजितिया परेको हुनाले नयाँ ब्रतालुहरु थपिएको र तीनदिनसम्म विधिपूर्वक जितिया मनाईएकाे हो । जसमा पहिलो दिन असोज १ गते राप्ती खोलामा समूहिक रुपमा नुहाई सामूहिक पुजापाठ गरिएको थियो । दोश्रो दिन असोज २ गते जितिया ब्रत कथा श्रवण कार्यक्रममा श्री ईन्द्रदेव चौधरीले कथावाचन गरेको थारु कल्याणकारिणी सभाका सचिव चन्द्रकान्त चौधरीले बताउनुभयो ।

जितिया पावैन विशेष गरेर आफ्नो बालबच्चाको सुस्वास्थ्य एवम् दिर्घायुको कामनाको लागि महिला दिदि बहिनीहरुले निष्ठापूर्वक ब्रत बसि मनाउने चलन रहेको छ ।

रोचक समाचार समाज