नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाद्वारा हेटौंडामा डेङ्गु बिरुद्धको सचेतना अभियान संचालन

हेटौंडा / नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले हेटौंडा उपमहानगरपालिका ४ नं वडामा डेङ्गु बिरुद्धको बृहत सचेतना अभियान संचालन गरेको छ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको समन्वय तथा युवा रेडक्रस सर्कल हेटौंडाको अगुवाइमा हेटौंडा उपशाखाले बृहत् सचेतना कार्यक्रम संचालन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका ४ नं वडामा जिल्लाकै सबैभन्दा बढी डेङ्गु प्रभावित भैरहेको अबस्थामा डेङ्गुको रोकथाम लागि सामुहिक प्रयास गरिनुपर्ने नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले बताउनुभयो ।
टोलबासी आफै जागरुक भए मात्र डेङ्गु रोगलाई नियन्त्रण गर्न सकिने सभापति दाहालले बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका उपसभापती प्रतिमा गौतम, सचिब किशन घिसिङ्ग, सहसचिब प्रकाश सुवेदी, कोषाध्यक्ष हिक्मत श्रेष्ठ, सदस्य चुडा उप्रेती, केडार ढोडारी, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका कोषाध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखापाल रामजी खतिवडा, युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडा, सचिब अभि मैनाली लगायतका वक्तिहरुको उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाले डेङ्गु प्रभावित बागमती, मकवानपुरगढी लगायत हेटौंडा उपमहानगरपालिका वडा नं ४,५ ८,९ लगायत विभिन्न स्थानीय तह तथा वडाहरुमा सचेतना कार्यक्रम संचालन गरिरहेको रेडक्रसका कार्यालय प्रमुख लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button
sharethis sharing button
बागमती प्रदेश मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य