कमल थापा मकवानपुर १ बाट उमेदवार , चुनाव चिन्ह सुर्य



२२ असोज,काठमाडौँ— राप्रपा नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेको सहयोगमा मकवानपुर १ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले थापालाई उम्मेदवार बन्ने विषयमा एमालेसँग सहमति भएको बताएका छन् ।

‘नेकपा एमालेको सहयोगमा मकवानपुर-१ बाट अध्यक्ष कमल थापा उम्मेदवार बन्ने निश्चित भएको छ,’ बर्तौलाले भने, ‘चुनाव चिह्न के लिएर लड्ने भन्ने विषयमा जिल्लाका अगुवा कार्यकर्ताहरुसँग छलफल भइरहेको छ ।’ तर उनले एमालेले सूर्य चिह्न लिएर प्रतिस्पर्धामा जान आग्रह गरेको र केही घण्टाभित्र यस विषयमा निर्णय हुने उनले बताए ।

हिजो बेलुकी मात्रै एमालेले जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर शनिबार त्यो निर्णय परिवर्तन भएको बताइएको छ । पछिल्लो निर्णय प्रती एमाले मकवानपुरका नेताहरूको भने मिश्रित प्रतिक्रिया आएको छ ।

थापा यस अघि २०५१ सालको मध्यावधी निर्वाचनमा सोहि निर्वाचन क्षेत्रबाट राप्रपाबाट विजयी भएका थिए ।

मुख्य समाचार राजनीति