मकवानपुरगढी १ मा बर्षौंदेखी धानकोदो (चिनो) खेती


✒️ चन्द्रकान्त चौधरी
१ कार्तिक,हेटौंडा- नेपालको उच्च पहाडी क्षेत्रमा परावूर्वकालदेखि धानकोदो (चिनो) Porso Millet खेती हुदै आएको पाईन्छ । विभिन्न अध्ययन अनुसन्धानले नेपालका विभिन्न पहाडी जिल्लाहरुमा यसको खेती भईरहेको उल्लेख भएपनि मकवानपुर जिल्लाको मकपानपुरगढी वडा नं. १ मा पनि करिब ५०औ वर्ष देखि धानकोदो खेती हुदै आईरहेको वडा न.१ का वडाध्यक्ष श्री आईत सिं लो ले जानकारी दिनुभयो ।

केहि वर्ष पहिला बढी मात्रामा लगाउदै गरेको धानकोदो क्रमश: घट्दो अवस्थामा रहेको छ । मकवानपुरगढी वडा न.१ रानीडाँडा लगायतका स्थानमा हाल अनुमानित एकसय रोपनी क्षेत्रफलमा धानकोदो खेती लगाएको कृषक छोइशान्ति दोङ्गले बताउनुभयो । दोङ्गले अहिले ५ कठामा धानकोदो लगाउनुभएको छ ।

धानकोदो (चिनो) को दाना फलेर भुस हटाई भात वा खिरका साथै दाना भुटेर वा पिठो बनाएर विभिन्न परिकार बनाई खाने गरिन्छ । यसको दानामा ११.९ प्रतिशत पानी १२.५ प्रतिशत प्रोटिन, १.१ प्रतिशत चिल्लो पदार्थ, ७०.४ प्रतिशत कार्बोहाईड्रेट पाईन्छ ।

मधुमेह रोगको समस्या भएका मानिसका लागि चिनो अति उतम खानेकुरा मानिन्छ । चिनोमा फेनोल्स, फाइटेट्रस नाम गरेका क्यान्सर निरोधक फाइटोकेमिकल्स र क्याल्सियम, म्यगनेसियम, सोडियम, म्याग्निज, आइरन जस्ता खनिजतत्वहरु पाईन्छन् ।
(लेखक चौधरी मकवानपुरगढी गाउँपालिकामा कृषि अधिकृत हुनुहुन्छ)

कृषि समाचार मुख्य समाचार समाचार समाज स्थानीय