नेपाल कम्युनिष्ट पार्टीको  महासचिवमा पुनः विप्लव चयन 

नेपाल कम्युनिष्ट पार्टीको  महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्।

कपिलवस्तुमा भएको पार्टीको महाधिवेशनले विप्लवको नेतृत्वमा ८१ सदस्य पूर्ण केन्द्रीय समिति चयन गरेको हो। तीन जना पछि थप्ने गरी अहिले ७८ जना छन । ।

 नेकपाले केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ।   

वैकल्पिक केन्द्रीय समिति ४५ सदस्यीय बनाइएको छ। १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि महाधिवेशनले निर्वाचित गरेको छ ।

मुख्य समाचार राजनीति समाचार