निर्वाचनमा महिलाको सहभागिता कम भयो : ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागिता बढाउन जोड दिनुपर्ने बताएकी छन्।

वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवारसमेत रहनुभएकी नेतृ घर्तीले यस्तो बताएकी हुन्।

उनले महिलाहरु विभिन्न आन्दोलन र लडाईंका मोर्चाहरुमा अग्रपंक्तिमा रहेर काम गरेपनि अन्य क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व कम भएको गुनासो गरिन्।

निर्वाचनमा पनि महिलाहरुको सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढी भन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि बताइन्।

मुख्य समाचार राजनीति