बिरोध खतिवडाले २० वर्षमा सिन्को भाँचेनन् : बर्तौला 

हेटौँडा । नेकपा एमालेको तर्फबाट मकवानपुर–२ को प्रतिनिधिसभा उम्मेद्वार महेशकुमार बर्तौलाले चार पटक प्रतिनिधिसा सांसदको रुपमा विजयी भएका बिरोध खतिवडाले सिन्को नभाचेको बताएका छन् ।
नेकपा एमालेले हेटौँडामा गरेको कार्यक्रममा बोल्दै बर्तौलाले अब पनि उनै खतिवडाले जित्ने हो भने मकवानपुर–२ को विकास २० अझैैँ दशकौ पछि धकेलिने बताए । एमालेको जितमा मात्र सुखि नेपाली, समृद्ध नेपालको सपना पुरा हुने भन्दै नेकपा एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन उनले अनुरोध गरेका छन् ।

मकवानपुरलाई शिक्षाको हबको रुपमा विकास गर्ने आफ्नो चाहना रहेको भन्दै बर्तौलाई जिल्लाको सबै स्थानीय तहमा कम्तिमा २ सय जना विद्यार्थीहरु अटने छात्राबासको निर्माण गरिने बताए ।
मकवानपुरको विकट क्षेत्रमा रहेका चेपाङ सहित अन्य जातजातीले मेहनत गरेर उब्जाउ गरेको तरकारी अहिलेसम्म बजारमा पुग्न नसकेको बताउँदै उनले त्यसतर्फ आफ्नो ध्यान रहने र आफु विजयी भएपछि चेपाङको छानामा फलेका घिरौलाले बजार पाउने दाबी गरे ।

चारतारे झण्डा घरमा सजाएर राखेका कांग्रेसजन, हसियाहथौडा झण्डा राखेका माओवादीजनले आफुलाई मत दिन नपाउने तितो यथार्त रहेको उल्लेख गर्दै उनले आम नागरिकलाई यो पटक केहि गर्छु भनेर फिल्डमा उत्रिएको युवालाई मतदान गर्न अनुरोध गरे । २० वर्षसम्म सिन्को पनि नभाँचेका उम्मेद्वारलाई मत दिएर मकवानपुर–२ लाई कमजोर बनाउने चाहाना यस क्षेत्रका जनतामा पटक्कै नभएको भन्दै उनले यो पटक काम नगर्नेहरु पछि पर्ने काम गर्ने युवाहरु विजयको शिखर चढ्ने दाबी गरे ।

मुख्य समाचार राजनीति समाचार