टिकट पाइनँ भनेर मन नखुम्च्याउनुस्, चुनावपछि अवसरै अवसर आउँछ : प्रचण्ड

नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकट नपाएका नेताहरूलाई मंसिर ४ गतेको निर्वाचनपछि अवसर दिने बताएका छन्। 

आज विराटनगरमा वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले टिकट नपाएर मन खुम्च्याएका नेताहरूलाई चुनावपछि व्यवस्थापन गर्ने आश्वासन दिएका हुन्। 

‘निर्वाचनमा टिकट पाइन भनेर मन खुम्च्याएर नबस्नुहोस्, निर्वाचनमा गठबन्धनलाई जिताउनुहोस्, चुनावपछि टिकट पाइन भनेर मन खुम्च्याएर बसेको नेता कार्यकर्ताहरूलाई अवसर नै अवसर आउने छ’, उनले भने। उनले सत्ता गठबन्धनका सबै उम्मेदवारहरूलाई जिताउनका लागि एक ढिक्का भएर लाग्न निर्देशन समेत दिए।  

मुख्य समाचार समाचार