प्रचण्डको विद्रोह र हाम्रो साथले नै ओली पच्छारिएका हुन्

विराटनगर  : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विद्रोही भावना र आफूहरूको साथले नै केपी ओलीलाई पछार्न सकेको बताएका छन्।

अध्यक्ष नेपालले विराटनगरमा आज आयोजित वाम  गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै  माओवादी केन्द्रका अध्यक्ष पुषकमल दहाल प्रचण्डले  विद्रोही भावनाले साथ नदिएको भए  र आफूहरूले  विद्रोह  गर्ने आँट नगरेको भए एमाले अध्यक्ष केपी ओलीलाई पछार्न सक्ने तागत कसैसँग नभएको बताए। उनले  अबको निर्वाचनमा आम मतदाताहरूले त्यो  गुण सम्झनुपर्ने बताउँदै आफ्नो पार्टी फेरि सरकारमा पुग्यो भने गर्वको  कुरा  रहने  सुनाए।

‘सबैको आ-आफ्नै गुनासो होला पार्टीपार्टीबीच समस्या होला त्यो विचार मन्थन गरौंला।’ उनले भने, ‘ त्याग तपस्या गरेर रगत पसिना बगाएर  लोकतन्त्र ल्यएका छौँ,  त्यो दु:ख गरेर ल्याएको   लोकतन्त्र गणतन्त्र नै धराप पर्लाजस्तो लाग्यो। अधिकार नै नभएको  अधिकार प्रयोग गरेर दुईपटक प्रतिनिधिसभा विघटन गरियो यो सबै जोखिमबाट बचाउने काम शेरबहादुरजीले प्रचण्डले आँट नगरेको भए सम्भव थिएन यो कुरा भूल्न भएन।’

एमाले अध्यक्षलाई  इंगित गर्दै फेरि टाउको उठाउने गर्दै गरेको बताउँदै  उनेले ओलीले गरेको यो गठबन्धन अप्राकृतिक गठबन्धन  रहेको बताए। उनले भने, ‘त्यसो भएकाले सत्ता गठबन्धन  दृढ भएर अगाडि बढ्नपर्छ।’

गठबन्धनको उद्देश्य सत्ता हासिल गर्ने मात्रै नभएको बताउँदै अध्यक्ष नेपालले सुशासनलाई  राम्रो उद्देश्य लाई साकार बनाउन गठबन्धन निर्माण गरेको बताए।

 उनले   एमाले अध्यक्ष ओलीलाई इंगित गर्दै भने, ‘कसैकसैले भन्छन् कांग्रेस र कम्युनिष्टले अगाडि बढ्न सक्दैन। ०४६/४७ को निरंकुश आन्दोलन कांग्रेस, कम्युनिष्ट मिलेर  सफल भएको थियो, राजतन्त्रलाई हटाउन  कांग्रेस कम्युनिष्ट मिलेको थियो।’

इतिहासलाई हेर्दा कांग्रेस र कम्युनिष्टबीचको गठबन्धन सफल र स्वाभाविक भएकोले यसपटकको आफूहरूको गठबन्धन सफल हुने उनले दाबी गरे। उनले  गठबन्धनको पक्ष पोषण नेता कार्यकर्ताहरुले  गर्ने बताउँदै पार्टीभित्र कसैकसैको गुनासो  भए निर्वाचनसम्म चुप लाग्न आग्रह गरे।

मुख्य समाचार समाचार समाज