गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा आइतबार भएको भेटवार्ता उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरे।

भेटमा राजदूत थम्प्सनले आसन्न निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग रहने आश्वस्त पारे।

मुख्य समाचार राजनीति समाचार