केपी ओली गणतन्त्र विरोधी हुन् : खतिवडा

 बयलगडा चडेर अमेरिका पुगिदैन भन्ने केपी शर्मा ओली लोकतन्त्रको बिरोधी भएको नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले बताएका छन् ।

शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र हेटौडा उपमहानगरपालिका वडा नम्बर १ को निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गर्दै खतिवडाले गणतन्त्र ल्याउने आन्दोलनमा सबै दलहरुले सडक आन्दोलन गरिरहँदा सो आन्दोलन दबाउने कमल थापालाई अहिलेको निर्वाचनमा एमालेबाट उम्मेद्वार बनाउन तयार ओलीलाई गणतन्त्रको माया नभएको बताएका हुन् ।

त्यस्तै नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले लामो संघर्षका कारण ब्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न अनुरोध गरिन् ।

दुबै उम्मेद्वारले समतामूलक बिकास र लोकतान्त्रको रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरि बिजयी गराउन अनुरोध गरेका छन् ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सदस्य लबशेर बिष्ट, नेकपा एकीकृत समाजबादीका मकवानपुर सचिब बिष्णु दाहाल, मकवानपुरगढी सभापति राजबिर मोक्तान , प्रेस सेण्टर नेपालका केन्द्रिय सदस्य ध्रुब राज ढकाल लगायतको उपस्थिति रहेको थियो ।-akhabarhub

मुख्य समाचार राजनीति