हेटौंडाका नागरिकले  वास्तबिक रुपमा राजधानीबासी भएको महशुस गर्न पाउनेगरी  विकास गर्छौः मोक्तान 

हेटौंडा । नेकपामाओवादी केन्द्रका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ की गठबन्धनकी उम्मेदरवार कुमारी मोक्तानले मतदाता भेटघाटको क्रममा मकवानपरका जनताले अब वास्तबिक रुपमा राजधानीबासी भएको महशुस गर्न पाउनेगरी विकासको रोडम्याप तयार गर्ने बताएकी छन् ।
हेटौंडाको ११ नम्बर वडामा घरदैलोको क्रममा उनले यस्तो बताएकी हुन् । नवलपुरको सरस्वती टोल र शान्ति चोकमा गरिएको घरदैलोमा मतदाताहरुले राजधानीमा बसे पनि राजधानीको महशुस भने नभएको गुनासो गरेका थिए ।
पटक पटक जिताएर पठाएको उम्मेदवारहरुबाट भन्दा बिगतमा १ पटक ब्यबस्था बदल्न र अर्को पटक त्यसलाई संस्थागत गर्न पठाइएको नेताहरु सफल भएको कारण पनि पुनः मोक्तानलाई जिताउने बताउदै अग्रिम शुभकामना समेत दिएका छन् ।
घरदैलोका क्रममा स्थानीय मतदाताहरुले यस वडाकै मान्छे मूख्यमन्त्री बनेर आएपनि सोचे अनुरुपको विकासका काम हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले यस क्षेत्रमा स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा, स्वरोजगार तथाउत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग गरेक थिए ।
मतदाताको गुनासोपछि उम्मेदवार मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विजयी भए सबै समस्या समाधानका लागी योजनावद्ध रुपमा समाधानका लागी पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
आफु  सामाजिक विकास मन्त्री भएपछी शैक्षिक गुणस्तर बृद्धी गर्नुको साथै सांसद विकास कोषबाट प्राप्त रकमले विभिन्न शिर्षकमा यस क्षेत्रमा बिनियोजन गरेको  अब पुनः विजयी भएपसिछ अधुरा काम सम्पन्न गर्ने बताईन ।

मुख्य समाचार राजनीति समाचार