मकवानपुरगढी र त्रिखण्डी मन्दिरमा पुजा गर्ने भक्तजनको भीड

हेटौंडा – आज हरिबोधनी एकादशी । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । मकवानपुरगढी गाउँपालिकामा रहेको मकवानपुरगढी बंशगोपाल मन्दिरमा बर्षेनी एकादशी मेला लाग्ने गरेको छ ।

मकवानपुरगढी र त्रिखण्डी मन्दिरमा पुजा गर्ने मात्रै होइन् । मेला हेर्न आउनेहरुको बिहानै देखि भीड बढ्न थालेको छ । सो स्थानमा लाग्ने मेला हेर्न मकवानपुरवासी मात्र नभई अन्य छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने गनेका छन् । दुवै स्थानमा सुरक्षाकर्मी बिहानैबाट परिचालन गरिएको छ ।

आजको दिन विष्णुको उपासना गर्नाले बढी फल प्राप्त हुने जनविश्वास छ । आज हिन्दु नेपालीहरुले घरघरमा रहेका तुलसीको मठलाई दुलहीझैं सिँगारेर तुलसीको बिहे गरिदिने परम्परा छ । साथै विभिन्न धार्मिक स्थलहरुमा पुगेर विष्णुको पूजा आरधना गर्ने प्रचलन छ ।

समाचार समाज