दार्चुलाबाट ओलीको उद्घोष: हाम्रो जमिन फिर्ता ल्याउँछौँ, एक इन्च पनि छाेड्दैनाैँ


१८ कार्तिक – नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज शुक्रवार दार्चुलामा उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् ।

‘हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरा सहितको भूमि पनि फिर्ता ल्याउछौँ’ चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भनेका छन् । राष्ट्रियताका रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इन्च पनि छोड्दैनौँ ।’

भारतले विभिन्न बहानामा काली नदीको उद्गम स्थानसमेत नक्कली बनाएको भन्दै उहाँले सन् १९६६ मै स्व. प्रेमसिंह धामीले यो क्षेत्रको आवाज उठाएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिन्ने भएको प्रसङ्ग उल्लेख गरेका छन् ।

मुख्य समाचार राजनीति सुदूरपश्चिम प्रदेश