कान्तिराजपथमा हेटौंडा-काठमाण्डौ बस सेवा सन्चालन


१९ कार्तिक,हेटौंडा- कान्तिराजपथमा हेटौंडा-काठमाण्डौ बस सेवा सन्चालनमा आएको छ । नारायणी यातायात व्यवसायी संघ मकवानपुरले कान्तिराजपथ हुदैं काठमाडौं आउने जाने बस सेवा सुरु गरेको हो।

कार्तिक महिना देखी संघले यात्रुको चापलाई र आग्रहलाई मध्यनजर गर्दै कान्तिराजपथ सडक खण्डमा काठमाडौं हेटौंडा बस सेवा सुरु गरेको संघका महासचिव सरोज खनालले बताएका छन् । 

हेटौंडा २ संगमचोक बसपार्कमा रहेको संघको काउन्टरबाट बिहान ८ बजे काठमाडौंका लागि बस छुट्ने समय तालिका रहेको संघका महासचिव खनालले बताए । संघले कान्तिराज पथ हुदैं अस्थायी रुट लिएर एक मात्र बस सेवा सुरु गरेको हो । 
बिहान हेटौंडाबाट काठमाडौं प्रस्थान गरेको सोही बस काठमाडौंबाट दिउँसो २ बजे ललितपुरको सातदोबाटोबाट हेटौंडा फर्कने संघले जनाएको छ । करिब पाँच घण्टाको आरामदायी यात्राबाट काठमाडौं हेटौंडा आउन जान सकिने संघले जनाएको छ ।

बागमती प्रदेश मुख्य समाचार