यसवर्षका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण


२४ कार्तिक,मक्रान्चुली- नेपाल सरकारले यस वर्ष (आर्थिक वर्ष २०७९/०८०) को लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । जसमा मोटा धानको प्रति केजी रु २९ रुपैया ६७ पैसा र मध्यम धानको प्रति केजी रु ३१ रुपैया २८ पैसा रहेको छ ।

यसैबीच मकवानपुरगढी गाउँपालिकाले कृषकहरुले उत्पादन गरेको धान सरकारले तोकेको मूल्यमा सहकारी मार्फत खरिद गर्ने व्यवस्था गरेको छ ।

कृषकहरुले सहकारी मार्फत धान बिक्री गर्दा प्रति केजी थप ४ रुपैया प्रोत्साहन अनुदान उपलब्ध हुने व्यवस्था गरेको छ । जसमध्ये २ रुपैया उत्पादक कृषक र २ रुपैया खरिदकर्ता सहकारीलाई प्रोत्साहन अनुदान उपलब्ध गराउदै आईरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनु भएको छ । गाउँपालिकाले यस अघि देखि नै खाद्यान्न , दूध लगायत उत्पादनमा अनुदानको ब्यवस्थापन गर्दै आएको छ ।

कृषि समाचार मुख्य समाचार