थारु समुदायले मनाउने पर्व समा-चकेवा २०७९ मकवानपुरमा पनि मनाइयो


✒️चन्द्रकान्त चौधरी
थारु महिला सभा मबवानपुरको आयोजनामा २०७९ सालको समा चकेवा पर्व एक कार्यक्रमका वीच जलप्रवाह गरि समापन गरिएको छ ।

थारु महिला सभाको अगुवाईमा हेटौडा ९ स्थित प्रगति मा.वि. गेट अगाडीबाट थारुहरुको परम्परागत पहिरन झाँकी सहित पौराणिक साँस्कृतिक गीत गाउँदै नृत्य गर्दै कुखरेनी खोलामा गई विधिवत रुपमा समा चकेवालाई जलप्रवाह गरि समापन गरिएको हो ।

थारु समुदायले सदियौदेखि कार्तिकको द्वितीय तिथि देखि समा चकेपा मनाउन शुरुवात गरि कार्तिक शुक्ल पक्ष पूर्णिमाको दिन नजिकैको पोखरी, नदी, तलाउमा गई जलप्रवाह गरि समापन गरिन्छ ।

यसमा माटोका विभिन्न आकृतिहरु समा, चकेवा, सतभैया, भमरा, बृनदावनी, भमरा, नटुवा, मृदंगीया झाइलवला पिपहीवला चुगला, झँँझी कुता, तितिर आदि बनाई डलामा राखी हरेक दिन राती पौराणिक, साँस्कृतिक गीत र नृत्य सहित मनोरञ्जन गरि मनाउने गरिन्छ ।

यो परम्परालाई विशेष गरि भाई वहिनी वीचको आत्मियता, माया, प्रेम र स्नेहका साथै पारिवारका सदस्यहरु वीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण मानिन्छ ।

मुख्य समाचार रोचक समाज