एमाले विकास र समृद्धिको सम्बाहक: उम्मेदवार कमल बिष्ट

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उम्मेद्बार कमल बिष्टले नेकपा एमाले विकास र समृद्धिको सम्बाहक भएको बताएका छन । एमाले देशको पक्षमा निरन्तर पहरेदार गर्ने पार्टी भएकोले नेकपा एमालेलाई जिताउन आग्रह गर्दै नेकपा एमालेको विकल्प नभएको उनले बताए ।

शनिबार बकैयामा भएको चुनावी सभा र विद्यार्थी भेलामा बोल्दै जनताको बिश्वास पाउने बताउँदै एमालेको जितलाई कसैले रोक्न नसक्ने बिष्टले बताए । एमालेको सरकारले निरन्तर अडान लिएका कारण लोकतन्त्र र गणतन्त्रका लागि नेकपा एमालेलाई जिताउनु पर्ने बिष्टको भनाई थियो ।

स्वाधिनता, समृद्धि र विकास चाहने हो भने नेकपा एमालेले चुनावमा बिजयी बनाउन उनले मतदातालाई आग्रह गरे । उनले परमादेश सरकारले एमाले विरुद्ध सबै जाल झेल र षड्यन्त्र गरेको बताउदै नेकपा एमालेलाई विजयी बनाएमा विकास समृद्धिका बाँकि काम एमालेले पुरा गर्ने बताए । राष्ट्रियता जोगाउने र नजोगाउनेका बिच युद्ध र आन्दोलन मंसिर ४ गते हुने भन्दै राष्ट्रियता जोगाउने एमालेलाई बिजयी बनाउन उनले आग्रह गरे ।

कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, बागमती प्रदेश कमिटी सदस्य श्रीधर पोख्रेल, देबराज रीमाल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा, नारायण सापकोटा, जिल्ला उपसचिव हिदम लामा, जिल्ला सचिवालय सदस्य मदन दाहाल, दिपक खड्का धरम लामा, कृष्ण चौलागाईं, नरहरी महतलगायत सहभागी थिए ।-khabarbreak

मुख्य समाचार राजनीति समाचार