विकासका लागि राजनीतिमा आएको हुँ : विनोद चौधरी

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले यति बेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन्।

चुनावी घरदैलोका क्रममा उहाँले विकासका लागि राजनीतिमा आएको बताए। उद्योगपतिसमेत रहेका कांग्रेस नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए। उनले विकासको लागि आफ्नो जित आवश्यक रहेका र मतदाताहरूले पनि यसपटक आफूलाई रुचाएको जिकिर गरे।

कांग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेका छन्।

मुख्य समाचार राजनीति समाचार