काँग्रेस मकवानपुरले भरत पराजुली लगायत १६ जनालाई गर्यो कार्वाही



३० कार्तिक,हेटौंडा- नेपाली कांग्रेस मकवानपुरले १६ जनालाई कारबाही गरेको छ । नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसको नीति, सिद्धान्त र निष्ठा विपरित पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्धमा लागेका १६ जना नेता तथा क्रियाशील सदस्यहरुलाई कारवाही गरेको हो ।

पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी कारबाही गरिएको विषयमा जानकारी दिएको छ ।

मुख्य समाचार राजनीति