गण्डकी प्रदेश सरकारका मन्त्री धमाधम हटाईदै,आफ्नालाई सहयोग नगरेको आरोप


३० कार्तिक– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ । 

पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

यसअघि समानुपातिकतर्फबाट सांसद बनेका खड्का अहिलेको चुनावमा पनि उम्मेवारको आकाङ्क्षी हुनुहुन्थ्यो तर पार्टीले विन्दुकुमार थापालाई टिकट दिएको छ । टिकट नपाएपछि खड्काले आफ्नै पार्टीका थापालाई हराउन भूमिका खेलेको आरोप लगाउँदै मुख्यमन्त्रीले मन्त्रीबाटै बर्खास्त गर्नुभएको हो । 

खड्का २०७८ साउन ८ गते मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

यसअघि मुख्यमन्त्रीले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आचार्यमाथि आरोप लगाइएको थियो ।

गण्डकी प्रदेश मुख्य समाचार