विश्वकप फुटबल आयोजक कतारमाथि म्याच फिक्सिङको गम्भीर आरोप 

विश्वकप फुटबलको सुरु हुने एक दिनअगाडि आयोजक कतारमाथि म्याच फिक्सिङ गर्न लागेको गम्भीर आरोप लागेको छ। मैदानमा खेल शुरु हुनुअघि नै मैदान बाहिर भित्र कसलाई जिताउने खेल शुरु भएको दाबी एक रिपोर्टमा गरिएको छ।

कतारले आफ्नो पहिलो खेलका लागि लाखौँ डलर खर्चिएको दाबी अन्तरराष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्। ‘ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज तथा रिसर्च’ का क्षेत्रीय निर्देशक अमजद ताहाले फिक्सिङ गर्न लागिएको बलियो प्रमाण प्राप्त भएको बताएका छन्।

उनका अनुसार कतारले विपक्षी खेलाडीलाई पैसा दिएर कमजोर खेल खेल्नका लागि प्रेरित गरेको बताइएको छ। सूत्रको हवाला दिँदै जानकारी दिइएअनुसार इक्वेडरका आठ खेलाडीलाई ७.४ मिलियन अमेरिकी डलर (करिब ९२ करोड) रुपैयाँ दिएको जनाइएको छ। त्यसका लागि यो खेल कतारले १-० ले जित्ने र खेलको निर्णायक गोल दोस्रो हाफमा हुने दाबी समेत गरिएको छ। 

अन्तराष्ट्रिय खेलकुद