भीमफेदी कारागारमा रहेका ९८ कैदीबन्दीले मतदान गर्न पाउने भनिएकोमा कागजपत्र पुगेका २८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने 

भोली हुने आमनिर्वाचनमा जिल्लाको भीमफेदी कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् ।

कारागारका जेलर तिर्थराज पौडेलका अनुसार कैदीबन्दीलाई कारागारबाटै मतदान गराउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कारगारमा रहेका ९ सय ८९ जना कैदीबन्दी मध्ये मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएको जेलर तिर्थराज पौडेलले बताए । यसअघि, ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने भनिएकोमा कागजपत्र पुगेका २८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएको उनले बताए ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।

मुख्य समाचार समाचार