डीनाको श्रीमान पैसा बोकेर गाउँ पुगेको भन्दै स्थानीयले मध्यरातमा लखेटे 

हेटौँडा – गठवन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नंबर १ का उम्मेद्वार महालक्ष्मी उपाध्यय ‘डीना’को श्रीमान पैसा बोकेर गाउँ पुगेको भन्दै स्थानीयले मध्यरातमा लखेटेका छन्

हेटौँडा उपमहानगरपालिका वडा नंं.१४ मा पैसा सहित पुगेको भन्दै सत्ता गठबन्धबाट उम्मेद्वार बनेकी नेपाली कांग्रेसकी नेतृ डिनाका पति दिनेश उपाध्यायलाई स्थानीय बासिन्दाले मध्यरातमा नियन्त्रणमा लिएका छन् ।

निर्वाचनको स्थिर समयमा मतदातालाई प्रलोभनमा पार्न हिडेको भन्दै उनलाई हेटौंडा–१५ कालोपानिबाट स्थानीयले नियन्त्रणमा लिएका हुन् । उपाध्यायले भने आफू ढिडो खान आएको बताएका छन् । उपाध्यायलाई स्थानीयले प्रहरी चौकि मयुरधापमा जिम्मा लगाएका छन् ।

मुख्य समाचार राजनीति