सुदूरपश्चिमका ३ जिल्लामा बम फेला

धनगढी :  सुदूरपश्चिमका तीन जिल्लामा बम फेला परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको कैलाली, अछाम र बझाङमा बम फेला परेका छन्।

प्रहरीका अनुसार कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु (बम) फेला परेको हो। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो।

कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको र अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन बिथोल्ने अभियानमा लागेकाहरुले उक्त कार्य गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रदेश समाचार समाचार सुदूरपश्चिम प्रदेश