विश्वकपमा करिम बेन्जामा पनि फ्रेन्च टिमबाट बाहिर

विश्वकप नजिकिँदै जाँदा फ्रान्स एकपछि अर्को चोटका कारण निरन्तर दबाबमा पर्दै गएको छ। यसअघि नै मिडफिल्डर पल पोग्बा र एनगोलो कान्टेलाई विश्वकपबाट गुमाइसकेको फ्रान्सले स्ट्राइकर करिम बेन्जमालाई पनि गुमाउने पक्का भएको छ। 

बेन्जमाले तिघ्राको चोटका कारण विश्वकप गुमाउने पक्का भएको हो। बेन्जमाले सन् २०२२ को बालोन डे’ओर अवार्ड हात पारेका थिए। उनले रियाल मड्रिडलाई च्याम्पियन्स लिग जिताउँदा महत्वपूर्ण भूमिका खेलेका थिए।

फ्रेन्च फुटबल टोलीले भन्यो‚ ‘तिघ्राको चोटका कारण उनले विश्वकपमा सहभागिता जनाउन सक्ने छैनन्। टिम उनी चाँडो निको होउन् भन्ने प्रार्थना गर्दछ।’ 

एमआरआई रिपोर्ट आएपछि उनी कम्तिमा ३ साता मैदान बाहिर हुने जनाइएको छ। 

समूह डी मा रहेको फ्रान्सले २२ नोभेम्बरमा अस्ट्रेलियाविरुद्ध खेलबाट विश्वकप यात्रा शुरु गर्दै छ। उसले २६ नोभेम्बर मा डेनमार्क र ३० नोभेम्बर मा ट्युनिसियासँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।

अन्तराष्ट्रिय खेलकुद