निर्वाचनबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्दै आयोग 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदानबारे जानकारी गराउन निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै छ ।

आयोगले राति ७ः५० बजे पत्रकार सम्मेलनको आयोजना गरेको हो ।मतदानको निर्धारित समय सकिए पनि मतदान भने जारी छ । मतदान केन्द्रमा लाइनमा रहेकाहरुले मतदान गर्न पाउनेछन् ।

दिउँसो १२ः४५ पछि हालसम्म कति मत खस्यो भन्ने जानकारी आयोगले दिएको छैन । आयोगले १ बजे दिएको जानकारी अनुसार ३२ प्रतिशतको हाराहारीमा मत खसेको थियो ।

आयोगका स्रोतका अनुसार ५० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान छ ।

“उत्साह देखिएन । ५० प्रतिशत आसपासमा मत खस्ने अनुमानित रिर्पोट छ । सकारात्मक प्रतिक्रिया छैन । ५० कटे पनि ६० प्रतिशत पुग्ने देखिँदैन,” स्रोतले भन्यो ।

मुख्य समाचार राजनीति समाचार