मोरङमा ६० प्रतिशत मत खस्यो, मतदान अझै जारी

विराटनगर : मोरङमा बेलुका ४ बजेसम्म ६० प्रतिशत बढी मत खसेको छ। प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले दिएको जानकारी अनुसार जिल्लाभर अहिले पनि मतदान जारी छ। 

मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभाका लागि ३०६ मतदान केन्द्रमा ८३९ मतदान स्थल छन्।

जसमा १०८ प्रतिनिधिसभाका उम्मेदवार छन् भने प्रदेशसभामा ११० जना उम्मेदवार छन्। मोरङमा ७ लाख ३५ हजार ५२५ जना मतदाता रहेका छन्।

मुख्य समाचार राजनीति समाचार