मकवानपुर १ मा डिना अघि अघि,कमल पछि पछि,५ हजार मत गन्दा ८ सयको अन्तर


५ मंसिर,हेटौंडा-  मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले प्रारम्भिक अग्रतालाई कायमै राखेकी छिन्। 

पछिल्लो विवरण अनुसार ५०३० मत गणना गर्दा डिनाले २४७७ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले १६४३ मत ल्याई पछ्याइरहेका छन्। डिना र थापाको मत अन्तर ८३४ रहेको छ ।

त्यस्तै राप्रपाका दीपक सिंहले ३७३ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा डिना, थापा र सिंह नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पुर्वी क्षेत्र बागमती गाउँपालिकाबाट मतगणना शुरु गरिएको जनाइएको छ ।

१ लाख ५० हजार १५५ मतदाता रहेको मकवानपुर क्षेत्र नम्बरमा १ मा ९१ हजार ५८३ जनाले मतदान गरेका छन्।

मुख्य समाचार राजनीति