मकवानपुर- २ मा पुनः एमालेका बर्तौलाले लिए अग्रता


५ मंसिर, हेटौंडा- मकवानपुर–२ मा फेरी नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका छन् ।

६५१८ मत गणना हुँदा उनले २७३३ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले २६८६ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत पाएका छन् ।

मतगणनाको शुरुवातीमा बर्तौलाको अग्रता भएपनी पछि खतिवडाले अग्रता लिएका थिए । अहिले पुनः बर्तौलाले अग्रता लिएका हुन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट विरोध खतिवडा निर्वाचित भएका थिए ।

मुख्य समाचार राजनीति