गुल्मी २ को प्रदेशसभा (ख) मा एमालेका पन्थी विजयी

गुल्मी : गुल्मी क्षेत्र २ को प्रदेशसभा (ख) मा एमालेका दिनेश पन्थी विजयी भएका छन्।

पन्थीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुद्धिबहादुर घर्तीलाई ११० मत अन्तरले पराजित गरेका हुन्।

पन्थीले १३ हजार ९२९ मत प्राप्त गरे भने घर्तीले १३ हजार ८१९ मत प्राप्त गरेका हुन्।

मुख्य समाचार राजनीति समाचार