जित पछि रवि लामिछानेले भने “म आज बाट जाँच दिन जाँदै छु,जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ।”


८ मंसिर,हेटौंडा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् ।

हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित भए लगत्तै लामिछानेले फेसबुकमा एक स्टाटस लेख्दै सो कुरा बताएका हुन् । उनले विजयी र्‍याली समेत नगर्ने भन्दै विभिन्न ठाउँमा धन्यवाद सभा गर्ने बताएका छन् । तर त्यहाँ आउँदा फुल, माला र अबिर खादा केही नल्याउन मतदाता समक्ष अनुरोध गरेका छन् ।

उनले अगाडी लेखेका छन् “म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ। “
उनको पोस्ट जस्ताको तस्तै :

मुख्य समाचार राजनीति रोचक