प्रतिनिधिसभा–१ को ‘क’ बाट माओवादी केन्द्रका पुलामी विजयी

हेटौँडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र (१) बाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी विजयी भएका छन् । बिहिबार बिहान सम्पन्न मतगणना अनुसार पुलामी १९ हजार ७ सय १९ मत सहित विजयी बनेका हुन् । उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ४ सय ३३ मत प्राप्त गरे । तेश्रो नंबरमा रहेका राप्रपाका सागर थापाले ७ हजार ७ सय २ मत प्राप्त गरे ।

मुख्य समाचार राजनीति समाचार