समानुपातिकमा एमालेको अग्रता कायमै

हेटौंडा। प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना  जारी रहदा नेकपा एमालेले अग्रता कायम नै राखेको छ। 

पहिलो हुने निर्वाचन अन्तर्गत १६५ मध्ये १५५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले अग्रता बनाएको छ भने समानुपातिकमा एमाले अगाडि रहेको छ।समानुपातिकतर्फ एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको थियो।  एमाले कांग्रेस भन्दा करिब १ लाख मत बढी ल्याएको छ। 

निर्वाचन आयोगले  बिहान ८ बजेसम्म उपलब्ध गराएको तथ्याङ्क अनुसार एमालेले २२ लाख ९० हजार ३९७ मत प्राप्त गरेको छ। कांग्रेसले २१ लाख ९१ हजार ३८२ मत पाएर दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको  नेकपा (माओवादी केन्द्र) ले ९ लाख ५८ हजार ४१८ मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार ४ सय ३५ मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८४ हजार ९सय ३९,जनता समाजवादी पार्टीले २ लाख ७९ हजार ९३९, नेकपा (एकीकृत समाजवादी) ले २ लाख १८ हजार २२१, जनमत पार्टीले २ लाख १३ हजार १०३, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९६ हजार ६८६ र जनमत पार्टीले २ लाख ९ हजार ८७१ मत प्राप्त गरेको छ।

मुख्य समाचार समाचार