चितवनमा रहेका विभिन्न सामुदायिक वनका उपभोक्ताद्वारा रानी वनको अवलोकन

हेटौंडा । छिमेकी जिल्ला चितवनमा रहेका विभिन्न सामुदायिक वनका उपभोक्ताहरुले हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको स्थलगत अवलोकन गरेका छन् । 
चितवनमा रहेको देवीथान, कण्ठेश्वरी, राप्ती एकता र कुचकुचे मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीको टोलीले रानी सामुदायिक वनको अवलोकन गरेका हुन् । 
अवलोकनमा आएकाहरुलाई रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष केशव धिताल र कार्यालय सचिव भीमसेन पौडेल लगायतले वन समूहले गरेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । 
सहभागीहरुलाई समूहको संस्थागत विकास, गरिवी न्यूनीकरण, सामाजिक कार्य, पर्यापर्यटन, आयआर्जन, वन पैदावार संकलन, व्यवस्थापन लगायतका विषयहरुमा जानकारी गराइएको हो । भ्रमणका सहभागीहरुले समूहद्वारा निर्माण गरिएको शान्तिपार्कको समेत अवलोकन गरेका थिए -prastakhabar

समाचार