कांग्रेस संसदीय दलमा रस्साकस्सी, देउवाविरुद्ध गगन थापा भीड्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउने सहमति गरेको छ। मंगलबार लौनचौरस्थित एम्बास्डर होटलमा बसेको बैठकले थापालाई दलको नेताका लागि उमेदवार बनाउने निर्णय गरेको हो। नेता कोइरालालाई १५ औं महाधिवेशनमा सहयोग गर्नेगरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको छ। कोइरालाले  थापालाई भावी प्रधानमन्त्रीमा गर्नेछन् ।

थापाले दलको नेतामा उम्मेदवारी दिने भएसँगै आफू निकट सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्। उक्त भेलामा बसेरा होटलमा नेता कोइराला र महामन्त्री थापा पनि सहभागी हुनेछन्। कांग्रेस दलको निर्वाचनका लागि आज दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। दलको नेता चयनका लागि भोलि निर्वाचन हुनेछ। 

मुख्य समाचार राजनीति समाचार